January 15, 2025
- ADVERTISEMENT -

कुटपिट मुद्दामा फरार तीन जना पक्राउ

August 20, 2021
File Photo

मकवानपुर / मकवानपुर प्रहरीले कुटपिट मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने ३२ वर्षीय यदुकुमार विश्वकर्मा, हेटौंडा–१६ बस्ने ४० वर्षीया राधिका विश्वकर्मा र हेटौंडा–१६ घर भई हाल हेटौंडा–२ मा युनिभर्सल सुन पसल सञ्चालन गरी बस्ने ४८ वर्षीय रामचन्द्र घिमिरे विश्वकर्मा रहेका छन् ।
मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७७ साल मंसिर ९ गतेको फैसलाले कुटपिट मुद्धामा रु. ५ हजार जरिवाना तोकी फरार रहेको यदु कुमार, राधिका र रामचन्द्रलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
नायब उपरीक्षक रिमालका अनुसार पक्राउ परेका उनीहरु जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थिति गराउने कार्य भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -