January 15, 2025
- ADVERTISEMENT -

चितवनमा थप १३३ संक्रमित, एकैदिन पाँच जनाको मृत्यु

August 22, 2021

चितवन / पछिल्लो २४ घण्टामा चितवनको १३३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुरमा ११४ जना, खैरहनीमा चार जना, रत्ननगरमा १३ जना र राप्तीमा दुई जना रहेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ । योसँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार २११ पुगेको छ ।
यस्तै स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट आजै पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा तीन जना रहेका छन् । मृत्यु हुनेमा चितवनका दुई जना, गोरखाका दुई जना र मकवानपुरका एक जना रहेका छन् ।
विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २० जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -