मकवानपुर / मकवानपुरमा एक महिनाको अवधिमा १७ वटा मोटरसाइकल हराएको छ । चालु आर्थिक वर्ष २०७८र०७९ को साउन महिनामा मात्र १७ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले हराएको भनि दर्ता भएकामध्ये २ वटा मोटरसाइकल फेला पारे र सम्बन्धित मोटरसाइकल धनीलाई बुझाइसकेको जनाइएको छ ।
जिल्लामा यसअघि पनि मोटरसाइकलहरु व्यापक चोरी हुँदै आएको छ । जिल्लामा गत वर्ष २०७७र०७८ मा मात्रै १ सय २९ वटा मोटरसाइकल हराएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको छ । तीमध्ये हालसम्म १३ वटा मात्र मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फेला परेको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलहरु जिल्लाभित्र र अन्तर जिल्लामा चोरी हुने गरेको छ । अन्तर जिल्लाभित्र चोरी भएमा फेला पर्न सजिलो हुने र अन्तर जिल्लामा पुगेमा फेला पार्न केही समय बढी लाग्ने गर्दछ ।
- ADVERTISEMENT -
एक महिनामा हराए १७ वटा मोटरसाइकल
August 23, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -