चितवन / कालिका नगरपालिका वडा नम्बर ६ मा एकै परिवारका हजुरआमा र नातिनी ८ दिनदेखि वेपत्ता भएका छन् । स्थानीय ६४ वर्षीया हजुरआमा चन्द्रकुमारी भट्ट र २४ वर्षीया नातिनी सिता भट्ट साउन ३२ गतेदेखि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । परिवारजनका अनुसार ३२ गते दिउँसो सोमबार १ बजे घरबाट निस्किएका उनीहरु अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
पारिवारिक स्रोतका अनुसार सोमबार १ बजे चन्द्रकुमारी घरबाट निस्किएको केही समयपछि नातिनी सिता पनि निस्किएकी थिइन । परिवारका एक सदस्यका अनुसार चन्द्रकुमारी चिया खानका लागि दिनमै चार पटकसम्म खोलेसिमल बजार जाने गरेकी थिईन् ।
‘उक्त दिन पनि परिवारको सदस्यलाई उनी खोलेसिमल बजार नै गएको भन्ने लाग्यो । तर अबेरसम्म पनि उहांँहरु फर्किनु भएन ।’ ती सदस्यले भने । उनीहरु नफर्किएपछि खोजी कार्य सुरु गरेको परिवारले जानकारी दिएको छ । आफन्त इष्ट मित्रदेखि देवघाट लगायतका सम्भावित स्थानमा खोज्दा पनि अहिलेसम्म नभेटिएको परिवारका ती सदस्यले बताए । दुबै जना बेपत्ता भएपछि परिवारले १ गते मंगलबार ईलाका प्रहरी कार्यालय रत्ननगरमा निवेदन दिईसकेको छ ।
प्रत्यक्षदर्शी एक छिमेकीका अनुसार चन्द्रकुमारी साडी र टिसर्ट तथा सिता सेतो टिसर्ट र सुरुवाल लगाएर घरबाट निस्किएका थिए । चन्द्रकुमारी घरबाट निस्किएको १० मिनेटमा सिता पनि घरबाट निस्किएकी ती छिमेकीको भनाई छ ।
- ADVERTISEMENT -

एकै परिवारका हजुरआमा र नातिनी ८ दिनदेखि वेपत्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














