April 23, 2025

निकुञ्जमा ३८ दिनभित्र ७ वटा गैंडा मृत फेला

August 24, 2021
file photo
- ADVERTISEMENT -

चितवन / चितवनमा विगत ३८ दिनमा ७ वटा गैंडा मृत फेला परेका छन् । चालु आर्थिक वर्ष ०७८÷७९ को भदौ ६ गतेसम्म ७ वटा गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार १ वटा चोरी सिकारी र ६ वटा प्राकृतिक कारणले मरेको हो । सोमबार एक भाले गैंडा मृत भेटिएसंँगै ७ वटा गैंडाको मृत्यु भएको हो ।
मृत्यु भएको गैंडा निकुन्जको पश्चिमी सेक्टर मातहतको कोर ईलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको किनारमा फेला परेको हो ।
अन्दाजी दश वर्षको देखिने उक्त गैंडा दलदल तथा भासमा परि मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । गैडाको खाग खुर सुरक्षित रहेको बताइएको छ ।

- ADVERTISEMENT -