काठमाडौँ / लोडशेडिङको अन्त्य भए पनि विनाजानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ ।
यस्तै, नयाँ बत्ती जडानका लागि मीटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो हुन थाल्यो । एकातिर फोन नउठ्ने, उठिहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो ।
पछिल्लो १ वर्षमा आम उपभोक्ताले यस्ता समस्या भोग्दै आएका छन् । गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेका बेला विनाजानकारी बिजुली काटिन्छ । समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको छ । प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा पुनः नियुक्ति भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या समाधानका लागि पहल थालेका छन् ।
विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जानकारी दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Chitwan-Mahotsav-2081-scaled-1.jpg)
विना जानकारी अबदेखि बत्ती नकाटिने
August 24, 2021
![](https://newsprabah.com/wp-content/uploads/2021/08/Loaddddd.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/online-matter.webp)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Hatti-Mahotsab-with-kalaka.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Prachanda.jpeg)
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/12-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/09/Central-college.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2021/01/S-P-Company.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
भर्खर
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/02/Surya-add.gif)