२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनमा थप १२४ संक्रमित, २७ जना संक्रमणमुक्त

प्रकाशित मिति : २०७८ भाद्र १० गते

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकामा ७८ जना, खैरहनीमा एक जना, माडीमा २३ जना, रत्ननगर नगरपालिकामा १६ जना, राप्तीमा पाँच जना, कालिकामा एक जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ७८४ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ६७९ जना र अस्पतालको आइसोलेसनमा १०५ जना रहेका छन् ।
यस्तै आजै कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा नवलपुरको एक जना र पुरानो मेडिकल कलेजमा चितवनका एक जनाको मृत्यु भएको हो ।
त्यस्तै चितवनका विभिन्न अस्पतालमा कोरोनाका १४८ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ५९ जना, भेन्टिलेटरमा २० जना, एचडीयूमा २१ जना र जेनरल बेडमा ६८ जना रहेका छन् ।
विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट २७ जना कोरोनाका बिरामी संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52