चितवन / चितवनमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकामा ७८ जना, खैरहनीमा एक जना, माडीमा २३ जना, रत्ननगर नगरपालिकामा १६ जना, राप्तीमा पाँच जना, कालिकामा एक जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ७८४ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ६७९ जना र अस्पतालको आइसोलेसनमा १०५ जना रहेका छन् ।
यस्तै आजै कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा नवलपुरको एक जना र पुरानो मेडिकल कलेजमा चितवनका एक जनाको मृत्यु भएको हो ।
त्यस्तै चितवनका विभिन्न अस्पतालमा कोरोनाका १४८ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ५९ जना, भेन्टिलेटरमा २० जना, एचडीयूमा २१ जना र जेनरल बेडमा ६८ जना रहेका छन् ।
विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट २७ जना कोरोनाका बिरामी संक्रमणमुक्त भएका छन् ।
- ADVERTISEMENT -
चितवनमा थप १२४ संक्रमित, २७ जना संक्रमणमुक्त
August 26, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -