२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

पहिरोले फाखेल–हुमाले सडकखण्ड अवरुद्ध

प्रकाशित मिति : २०७८ भाद्र १० गते
File Photo

मकवानपुर / वर्षाका कारण पहिरो जाँदा कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ले सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेमा बिहिबार (आज) दिउँसो सडकको माथिबाट लेदो माटोसहितको पहिरो जाँदा कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार, निरन्तर वर्षाको कारण हेटौंडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ले सडकखण्डमा यातायात अवरुद्ध भएको हो ।
यातायात संचालनको लागि पहिरो पन्छाउने कार्य भइरहेको र केही बेरमै यातायात संचालन गर्ने प्रवक्ता रिमालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -