मकवानपुर / अविरल वर्षाका कारण पहिलो जाँदा भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
आज बिहान अन्दाजी ४ः ३० बजेको समयमा भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधनहरु रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, उक्त सडकखण्डमा यातायात संचालनका लागि पहिरो पन्छाउने तयारी भईरहेको छ ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सिमखोलामा पहिलो जाँदा हेटौंडा–भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । त्यहाँको पनि पहिरो पन्छाउने कार्य भइरहेको प्रवक्ता रिमालले बताए ।
- ADVERTISEMENT -
पहिरोका कारण भैसे–भीमफेदी सडकखण्ड अवरुद्ध
August 27, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -