January 14, 2025
- ADVERTISEMENT -

१ नम्वर प्रदेश र बागमतीमा गठबन्धनको सरकार बन्ने प्रचण्डको दाबी

August 31, 2021

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्वर १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने बताए ।
संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको पनि उनले स्मरण गरे ।
प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए ।
ओली नेतृत्वको सरकारका बेला संघीयता लगायतका उपलब्धीहरुरु जोखिममा जाने खतरा भएको भन्दै उनले अरु कसैलाई मत दिँदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गरे ।
प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाडका विषयमा टुङ्गो लाग्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -