January 15, 2025
- ADVERTISEMENT -

चार दिनमा ३५ फरार प्रतिवादी पक्राउ

September 1, 2021

चितवन / विभिन्न मुद्दामा कैद तथा जरीवाना सजाय भई फरार रहेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको विशेष अपरेसन मार्फत विभिन्न स्थानबाट चारदिनमा ३५ जना प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार खोजतलास गर्ने क्रममा हिजो मंगलबारसम्म उनीहरुलाई पक्राउ गरिएको थियो ।
अधिकारीका अनुसार ती सबैलाई चितवन जिल्ला अदालतबाट १० वर्ष २२ दिन कैद रु. २ लाख ७८ हजार ४९० रुपैंया असुल उपरको फैसला गरेको थियो । उनीहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको छ ।
भदौ ८ गते देखि १५ गतेसम्म ८ जना महिला र पुरुष ११६ जना गरी जम्मा १२४ जना विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -