March 16, 2025
- ADVERTISEMENT -

चितवनका २८ सहित १०८९ मा कोविड–१९ पुष्टि, १५३४ संक्रमणमुक्त

September 5, 2021

काठमाडौं / पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । कोरोना संक्रमण दर घटेसँगै सिनेमा हल बाहेक अन्य सबै संघ संस्था, विद्यालय, होटल, पार्टी प्यालेस लगायतलाई स्मार्ट लकडाउनको पालना गरी जिल्ला प्रशासन कार्यालयले खोल्न दिने निर्णय गरेको हो ।
पछिल्लो २४ घण्टामा चितवनका २८ सहित देशैभर १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभर गरिएको पीसीआर परीक्षण विधिबाट ९७६ र एन्टिजेन विधिबाट ११३ जनामा संक्रमण पुष्टि भएको आइतबार प्रेस ब्रिफिङ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
चितवनमा बितेको २४ घण्टामा भरतपुर महानगरपालिकामा २७ र माडी नगरपालिकामा १ जना कोरोना संक्रमित मात्र थपिएका हुन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै एक हजार १९ मा झरेको छ ।
हालसम्म चितवनमा २४ हजार ९१७ जना कोरोनाबाट संक्रमित भएका छन् भने निको हुनेको संख्या २३ हजार ४९७ पुगेको स्वास्थ्य कार्यालयको भनाइ छ । ९५६ जना होम आइसोलेसन र ६३ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।
यस्तै, चितवनका ६७ सहित देशैभर १५३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै जनमानस थोरै भए पनि राहतको महसुस गरिएको पाइएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २० जनाको मृत्यु भएको छ भने चितवन मात्र कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको छ ।

- ADVERTISEMENT -