नवलपुर / पूर्वी नवलपरासी देवचुलीमा डेढलाख नगदसहित पांँचजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नम्बर १७ बस्ने कमल महत्तो, सोही स्थान बस्ने सन्तोष सिग्देल, गोबिन्द थनेत, हिरा महत्तो र मणिराम महत्तो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ५० हजार ८५० नगद बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी जुवा मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) सूचना अधिकारी दिलिपकुमार गिरीले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नवलपुरको देवचुलीबाट डेढ लाख नगदसहित पांँच जुवाडे पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












