काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार ८ सय ७८ जनाको पीसीआर र ३ हजार १ सय ४० जनाको एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ९ सय ४९ पुगेको छ ।
यसैगरी, थप १ हजार ४ सय २३ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कूल संख्या ७ लाख ३९ हजार ४ सय ५७ जना पुगेको छ ।
नेपालमा थप ९११ संक्रमित, १४२३ कोरोना संक्रमणमुक्त
September 12, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
