२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

जिप दुर्घटना : एक जनाको मृत्यु, ९ जना घाइते

प्रकाशित मिति : २०७८ भाद्र २७ गते
- ADVERTISEMENT -

ओखलढुंगा / ओखलढुंगामा टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज (आइतबार) दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठ रहेका छन् । दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका उनको स्थायी ठेगाना भने खुलेको छैन ।
बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । उक्त सुमोमा १० जना सवार थिए ।
दुर्घटनाका घाइतेको उद्धार र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

- ADVERTISEMENT -