२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

कोभिडले थलिएको चितवनको पर्यटन : ‘राम्रोसँग खुले स्वदेशी पर्यटक नै पर्याप्त’

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते


सौराहा । कोरोना भाइरस संक्रमणको जोखिमका कारण संकटमा परेको पर्यटन व्यवसाय पुनः लयमा फर्कन थालेको छ । चितवनको वातावरण सहज हुँदै गएपछि सौराहाका पर्यटन व्यवसायीमाझ सकारात्मक आशा जागेको छ । दसैँ तिहारको समयमा पर्यटकको चाप यसै पनि बढी हुने हुँदा वर्षभरि भएको क्षति पूर्ति हुने अपेक्षासमेत गरिएको छ । करिब दुईवर्ष व्यापार व्यवसाय नै चौपट भएपछि हात धुने अवस्थामा पुगिसकेको थियो । तर, हिजोआज बिस्तारै चहलपहल बढ्दै गएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
हाल स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालनासहित पर्यटक राख्न सकिने व्यवस्थामा जुटेका छन् । व्यवसायी र यस क्षेत्रमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेको हुँदा सौराहा पूर्णरूपमा सुरक्षित रहेको व्यवसायीको दाबी छ । ‘सौराहाका सबै व्यवसायी र कर्मचारीले खोप लगाइसकेका छन्,’ होटल जंगल क्राउनका कार्यकारी निर्देशक सन्तोष गिरीले भने, ‘हामी सुरक्षित भएर सेवा दिन सक्ने भएपछि आन्तरिक पर्यटकको उपस्थिति बिस्तारै बाक्लिन थालेको छ ।’ अब पुनः अर्को लहर नआए अबको पर्यटन व्यवसाय फस्टाउन र पहिलेकै स्थानमा फर्किन धेरै समय नलाग्ने उनले बताए । ‘भदौबाट खुल्ला कि भन्ने आश थियो । तर ढिलै भए पनि खुलेको छ । यसले हामीलाई थप उर्जा मिलेको छ,’ उनले भने, ‘किनकि हामीले भौतिक दूरी कायम गरेर मात्रै सेवाग्राही राख्ने गरेका छौँ । त्यसैले पनि कोरोना संक्रमणबाट जोगिन होटल नै सबैभन्दा सुरक्षित स्थान हो ।’
सरकारको मापदण्डभित्र रहेर सेवाग्राही बसेको कोठालाई कम्तिमा दुईदिनसम्म नयाँ सेवाग्राहीलाई नदिने र पूर्णरूपमा संक्रमणमुक्त बनाइसकेपछि मात्रै बस्न दिने वातावरण मिलाइएको उनले बताए । बाह्य पर्यटकको चाप नै नरहे पनि आन्तरिक पर्यटकको चाप बढ्दै गएको उनको भनाइ छ । ‘पहिलेपहिले विदेशी पर्यटकबिना सौराहा चल्दैन भन्ने आम सोचाइ थियो,’ उनले भने, ‘तर, कोरोनापछिको अवस्थालाई हेर्ने हो भने अब सौराहा चल्नको लागि विदेशी पर्यटक नै आवश्यक पर्छ भन्नु छैन ।’ संक्रामक रोगको विषयमा विदेशी नीतिका कारण विदेशी पर्यटक आउने वातावरण भने अझै पनि सहज भइनसकेको उनले बताए ।
‘यहाँका होटलहरूमा विदेशी पाहुनाभन्दा स्वदेशी पाहुनाबाटै राम्रो आम्दानी हुँदोरहेछ भन्ने कुरा कोरोनाकालले सिकाएको छ,’ उनले भने, ‘त्यसैले यही गतिमा अगाडि बढ्न सके बीचमा खाएको घाटा उकास्न समय लाग्दैन ।’ निषेधाज्ञाका कारण टाढा घुम्न जाने वातावरण नबन्नु र देशको मुख्य केन्द्रमा रहेको हुँदा यात्राका क्रममा एकरात सौराहा बसौँ भन्ने भाव सिर्जना भएकै कारण आन्तरिक पर्यटकको उपस्थिति बाक्लो देखिएको पर्यटन व्यवसायीहरूको भनाइ छ । आन्तरिक पर्यटकको उपस्थिति बढ्दै गएपछि यहाँका सबै होटलहरूले कर्मचारी थप गरिसकेका छन् । केही समयभित्र पूर्णरूपमा कर्मचारी राखेर व्यवसायलाई व्यवस्थित बनाउने तयारीमा छन् । सौराहा क्षेत्रमा ठूला साना गरी करिब १६० वटा होटल सञ्चालनमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51