यतिबेला चितवनलगायत देशैभर नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनले माहौल तातेको अवस्था छ । उमेदवारहरु चुनाव प्रचारप्रसारमा जोडतोडले लागिपरेका छन् । गाउँस्तरदेखि केन्द्रसम्म उमेदवारको दौडधूप पनि उत्तिकै देखिएको छ । काँग्रेसको १४औँ महाधिवेशनका उमेदवारहरुमध्ये एक हुनुहुन्छ महाधिवेशन प्रतिनिधि पदका उमेदवार टंकनाथ पौडेल । पौडेल नेपाली काँग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधि क्षेत्र नं २ चितवनका उमेदवार हुनुहुन्छ ।
शान्त र सरल स्वभावका पौडेल सामाजिक क्षेत्रमा चिरपरिचित नाम हो । पौडेलको चार दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आवद्धता तथा राजनीतिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको व्यक्तित्व हुनुहुन्छ । उहाँको उमेदवारी घोषणा भएलगत्तै सबै क्षेत्रतर्फ निकै चर्चा परिचर्चा हुन थालेको छ । चर्चा चुलिएसँगै उहाँको विजयी सुनिश्चित जस्तै देखिएको छ ।
पौडेल पूर्वसांसद् एवम् समाजसेवी मैयादेवी श्रेष्ठका सुपुत्र हुनुहुन्छ । उनका माता श्रेष्ठले नेपाली कांग्रेसको लागि विभिन्न वडा, जिल्ला तथा केन्द्रमा करौडौँ मूल्यको जग्गादान गर्नु हुँदा उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको छ । सो जग्गा पासका लागि उहाँकै उपस्थिति र सहजीकरणबाट भएको हो । सबै क्षेत्रतर्फ निकै उत्कृष्ट छवि बनाउँदै आउनुभएका पौडेलसँग न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले लिनुभएको छोटो भलाकुसारी ।
१) कांग्रेस महाधिवेशनमा तपाईंको उमेदवारी किन ?
– सांगठनिक सुदृढीकरण र पार्टीका साथीहरुबीच सुमधुर सम्बन्ध कायम गरी विधानअनुसार पार्टीलाई अगाडि बढाउनको लागि हो ।
२) कांग्रेसभित्र देखिएको गुटबन्दी अन्त्य गर्न के गर्नुपर्ला ?
– पार्टीमा गरेको योगदानको आधारमा मूल्याकंन गर्ने परिपाटी बसाउनु पर्ने, नेपाली कांग्रेसको विधानअनुसार पार्टी चल्नुपर्ने हुन्छ ।
३) युवा नेतृत्व चयन गर्नुपर्ने माग बढिरहेको छ, तपाईं यसमा के भन्नुहुन्छ ?
– युवा भनेका वायु हुन् । युवा शब्दलाई उल्टाएर हेर्नुहोस्, वायु शब्द बन्दछ । मानिसको जीवनमा श्वासप्रश्वासमा वायुको आवश्यकता भएजस्तै युवाको आवश्यक हुन्छ ।
४) नेतृत्वमा पुग्न त्याग र योगदानभन्दा बढी पहुँच र प्रभाव चाहिने कुराप्रति तपाईंको धारणा के छ ?
– पार्टीको नेतृत्वमा पुग्न योग्यता क्षमताको आधारमा पार्टीमा रहेर कार्य गरेको आधारमा मूल्यांकन हुनुपर्छ । नातावाद, कृपावाद हुनुहुँदैन ।
५) जुनसुकै चुनाव जित्न पनि पैसाकै खोलो बगाउनुपर्ने प्रवृत्ति छ । यस्तो स्थितिले त त्याग र निष्ठाको राजनीति गर्नेहरु ओझेलमा पर्छन् नि होइन र ?
– अब मतदाताले पैसाको भरमा उठेकालाई मत दिँदैनन् । जो मानिस सेवामा छ, जनताको दुःख, सुखमा साथ दिन्छ, जसले जनताको आधारभूत आवश्यकतामा ध्यान दिन्छ । त्याग र निष्पक्ष राजनीति गर्नेलाई मौका दिनुपर्छ ।
६) चौधौँ महाधिवेशनमा कस्तो नेतृत्व आओस् भन्ने चाहनुहुन्छ ?
– पार्टी नै सर्वोपरि ठान्ने, गुट उपगुट नहेर्ने, सामाजिक, राजनीतिक, विवेक भएको र सधैँ जनताको सुविधा र सेवाको लागि पर्ने व्यक्ति आउनुपर्छ ।
७) सहमति र सहकार्यको नीति कांग्रेसको चुनावमा लागू होला कि नहोला ?
– नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा १४औँ महाधिवेशन सम्पन्न गर्न र सहमति र एकताका साथ गर्ने, निर्विरोध गर्ने निर्णयअनुसार प्रायः सबै वडामा निर्विरोध भएको छ, त्यसैले म सधैँ सहमति र सहकार्यलाई ध्यान दिएर अगाडि बढ्ने संकल्प लिएको छु ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘त्याग र निष्पक्ष राजनीति गर्नेलाई मौका दिनुपर्छ’ : नेता पौडेल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.07
153.67

European Euro
1
173.83
174.52

UK Pound Sterling
1
203.26
204.06

Swiss Franc
1
186.61
187.35

Australian Dollar
1
106.62
107.04

Canadian Dollar
1
108.44
108.87

Singapore Dollar
1
118.33
118.79

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.61
22.70

Saudi Arabian Riyal
1
40.77
40.93

Qatari Riyal
1
41.99
42.15

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
41.68
41.84

Malaysian Ringgit
1
37.41
37.55

South Korean Won
100
10.48
10.52

Swedish Kroner
1
15.70
15.77

Danish Kroner
1
23.25
23.35

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
497.06
499.01

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.57
399.13











