नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनको सरगर्मी देशैभर बढेको छ । गाउँदेखि केन्द्रस्तरसम्म उमेदवारहरु चुनाव प्रचारप्रसारमा जोडतोडले लागिपरेका छन् । उमेदवारहरु बाजी मार्ने होडमा प्रचारप्रसार व्यापक बनाएका छन् । उमेदवारहरुले सामाजिक सञ्जालदेखि लिएर विभिन्न मिडियामा प्रचारबाजीसमेत गरिरहेका छ । काँग्रेसको १४औँ महाधिवेशनका उमेदवारहरुमध्ये एक हुन् चितवनमा सचिव पदका उमेदवार दीपक अधिकारी ।
हजुरबुबा गिरधारी अधिकारी र बुबा पूर्णप्रसाद अधिकारी पनि कांग्रेसकै पृष्ठभूमि भएका अधिकारी पनि यसैमा समर्पित छन् । उनी विगत १५ वर्षदेखि राजनीतिक क्षेत्रमा क्रियाशील छन् । हजुरबुबा र बुबा नै प्रेरणाका स्रोत बताउने उनी सभापति सुशील कोइराला र रामकृष्ण घिमिरेलाई विजयी बनाउन आफ्नो महŒवपूर्ण भूमिका रहेको बताउँछन् । सो बेला उनी युवा विद्यार्थी तरुण दलको संयोजक थिए ।
चितवनको कांग्रेसको जिल्ला कार्यसमिति भएका अधिकारी विभिन्न संघसंस्था आवद्ध रही कांग्रेसको प्रतिनिधित्व गर्दै आएका छन् । नेपाली कांग्रेसलाई चुस्तदुरुस्त बनाउने लक्ष्य लिएर अघि बढेका उनी पार्टीलाई क्षमतावान बनाउन लागिपरेका छन् ।
पार्टीका लागि खटिने साथीहरुलाई मौका नपाएको, त्यसविरुद्ध पनि सचिव पदमा उमेदवारी रहेको उनी बताउँछन् । नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि, सदस्य, युवा विद्यार्थी तरुणको संयोजक र जिल्ला सदस्य हुँदै सचिव पदमा उम्मेदवारी दिएका अधिकारीसँग न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले लिएको अन्तर्वार्ताको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
१) नेपाली कांग्रेसको जिल्ला सचिव पदमा उमेदवारी घोषणा गर्नुभएको छ, चुनावी माहौल कसरी तताउँदै हुनुहुन्छ ?
नव निर्वाचित वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुसँग नियमित भेटघाट, अन्तक्र्रिया कार्यक्रम सञ्चालन भइरहेको छ । सामाजिक सञ्जालको अधिकतम उपयोग एवम् युवा जुझारु कार्यकर्ताहरुको साथ लिएर अघि बढ्दै छु । साथै अग्रजहरुको सुझाव ग्रहण गर्दै युवाहरुको सहयोगका साथ अघि बढ्दै र विभिन्न माहोलहरुको निर्माण गर्दै चुनावी माहौल बनाएको छु ।
२) सचिव पदमा आठ जना प्रत्याशी हुनुहुन्छ, सचिवको लागि आठ जनाको तँछाडमछाड शोभनीय भएन कि ?
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, लोकतन्त्रमा प्रतिस्पर्धा अपरिहार्य गुण हो । क्षमतावान कांग्रेसका लागि प्रतिस्पर्धा हुनैपर्छ र यसले क्षमतावान कांग्रेसको निर्माण गरी लोकतन्त्रलाई सवल बनाउँछ । प्रतिस्पर्धाबाट नै योग्य उमेदवारको चयन हुन्छ । त्यसैले यो प्रक्रियालाई अशोभनीय भन्न मिल्दैन र यो प्रक्रियाले कांग्रेसलाई सुदृढ, सवल र बलियो कांग्रेसको निर्माण गर्दछ ।
३) सचिवको दौडमा तपाईंको उमेदवारी किन र के का लागि ?
आज जनता वाक स्वतन्त्रताको प्रत्याभूतिको लागि मेरो उमेदवारी हो । हरेक वर्ग, लिङ्ग, जात, धर्म आदिको उचित समावेशिता र सहभागिताको लागि कांग्रेस नै एउटा उचित गन्तव्य भएकोले सबै प्रकारका जनताको कांग्रेस निर्माणको लागि मेरो उमेदवारी हो । राष्ट्रियता, लोकतन्त्र र समृद्ध नेपाल निर्माणको अभियानलाई सघाउन र हरेक कांग्रेसलाई कांग्रेस हुनुमा गर्व गराउने उद्देश्य नै मेरो उमेदवारी हो ।
४) कांग्रेसभित्र सहकार्य र सहमतिको राजनीति अन्त्य भएकै हो ?
राष्ट्र निर्माणमा लोकतन्त्रको अपरिहार्य भूमिका हुन्छ, लोकतन्त्रमा नै सहकार्य र सहमतिसँगसँगै आन्तरिक प्रतिस्पर्धासमेत हुने हुँदा सहकार्य र सहमतिको राजनीति अन्त्यको प्रश्नै रहँदैन, लोकतन्त्रको सवल पक्ष नै अधिवेशन हो । आन्तरिक प्रतिस्पर्धाबाट चुनिएको व्यक्ति नै क्षमतावानसमेत हुने भएको तथा यो नेपाली कांग्रेस पार्टी पुरानो र धेरै कार्यकर्ताहरु रहेको हुँदा महŒवाकांक्षी हुनु स्वाभाविक नै हो, त्यसैले स्वच्छ प्रतिस्पर्धा हुन्छ ।
५) कांग्रेस कार्यकर्ताले अरु उमेदवारलाई छाडेर तपाईंलाई नै किन भोट दिनुपर्ने ?
सवल कांग्रेस निर्माणमा मेरो अतुलनीय योगदान रहेको छ । अग्रजहरुलाई सम्मान गर्दै युवाहरुलाई प्रोत्साहन गर्दै कांग्रेसलाई बलियो बनाउने मेरो अभियानको कारण नै अन्य उमेदवारलाई छोडेर मलाई निर्वाचित गराउँछन् भन्ने मेरो अनुमान हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादतर्फ नेपाली कांग्रेसलाई दह्रो रुपमा उभ्याउनु मेरो कर्तव्य हो । निष्ठाको राजनीति मेरो अभिन्न अङ्ग भएकोले प्रतिपक्ष वा अन्य दलसँग पनि वैचारिक लडाइँ लड्ने मेरो क्षमता भएकोले मलाई नै चुन्न अनुरोध गर्दछु ।
६) कांग्रेसमा निष्ठा र त्यागको राजनीति गर्नेभन्दा कुनै समूहको पक्षपोषण गर्ने परिपाटी देखिन्छ, आकांक्षीबीचको छलफलबाट सर्वसम्मत नेतृत्व चयन गर्न सकिँदैन र ?
निष्ठाको राजनीति नै सफल राजनीतिज्ञको पहिचान हो । यसै पहिचानलाई नेपाली कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धामार्फत गलत परिपाटीको हावी पराजित गरिने हुँदा त्यही निष्ठावान र त्यागी समूहको उदय गराई अवसरवादीहरुलाई पराजित गर्नु नै मतदानबाट छान्ने (चयन) प्रक्रिया उत्तम हो । त्यसैले आकांक्षीहरुबीचको छलफलबाट योग्य उमेदवार निर्वाचित हुने अवस्था देखिएकाले सर्वसम्मत नेतृत्व चयन गर्न सकिँदैन । तर, निष्ठावान व्यक्तिहरुको हकमा नेपाली कांग्रेसको पहिलो, दोस्रो, तेस्रो महाधिवेशनबाट जसरी सर्वसम्मत नेतृत्व आएको थियो, त्यसरी आउन सक्छ ।
७) उमेदवारी घोषणा गरिरहँदा तपाईंका नीति तथा कार्यक्रमहरु के के छन् ?
राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा मेरो प्रतिबद्धता, आगामी निर्वाचनमा चितवन जिल्लाबाट तीन वटै क्षेत्रमा विजय गराउने, अग्रजहरुको सम्मान गर्दै सरसल्लाह र सुझाव लिँदै कांग्रेसलाई बलियो बनाउने, हरेक क्रियाशील सदस्यलाई कांग्रेसको मूलमन्त्रको प्रशिक्षण गराउने मेरो मेरो प्रतिबद्धता छ ।
८) कांग्रेसको सुदृढीकरणका लागि तपाईंसँग के कस्ता योजना छन् ?
चितवन जिल्लाको ९८ स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने, जागरण अभियान चलाउने, साधारण सदस्यता एवम् संगठन निर्माणको लागि आवश्यक पहल गर्ने, कांग्रेसमय चितवन निर्माण गर्न आवश्यक पहल गर्ने, केन्द्रको नीति तथा कार्यक्रम हरेक स्थानीय तहमा लागू गर्ने योजना रहेको छ ।
९) तपाईं विजयी बन्नुभयो भने चितवन कांग्रेसमा के परिवर्तन ल्याउनुहुन्छ ?
समयअनुसार युवा, विद्यार्थी, महिला, अग्रजका लागि आवश्यकताअनुसार विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ । सम्पूर्ण भातृसंगठनलाई चलायमान गराउने, समयमा नै अधिवेशन गराउने, चितवनमा कांग्रेसलाई जनताको सबैभन्दा प्रिय पार्टी, सुख दुःखमा साथ दिने पार्टी निर्माण गर्न चाहन्छु ।
१०) कांग्रेसको आसन्न चौधौँ महाधिवेशनमा कस्तो नेतृत्व आओस् भन्ने चाहनुहुन्छ ?
जसले नेपाली कांग्रेसलाई आम जनताको पार्टी बनाउन सकोस्, सक्नेछ त्यस्ता त्यागी र निष्ठावानको नेतृत्व आओस् भन्ने चाहन्छु ।
११) अन्त्यमा, कांग्रेस कार्यकर्ताहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
असल कांग्रेस निर्माणमा असल उमेदवारको चयन नै आम कार्यकर्ताको अभिलाषा बनोस्, बलियो कांग्रेस निर्माणको अभियानलाई पूर्ण सफल बनाउन कांग्रेस कार्यकर्तालाई आह्वान् गर्दछु । असल उमेदवार चयन गर्नुहोस् । असल उमेदवार चयन गर्नका लागि आम क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने बेलामा एक मिनेट सोचेर मतदान गर्नुहोस् भन्ने सन्देश दिन चाहन्छु । निष्ठावान र त्यागी नेतालाई मतदान गर्नुहोला । जय नेपाल !
- ADVERTISEMENT -

सुदृढ, सवल र बलियो कांग्रेसको निर्माणका लागि मेरो उमेदवारी : दीपक अधिकारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68













