चितवन / चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ । सोमबार मध्यान्ह १२ बजे निकुञ्जको धोबा पोष्टबाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा अन्दाजी १० वर्षको गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैंडा फेला परेको बताए । ‘धानबाली खानेक्रममा स्थानीयले रड घोपेर मरेको अनुमान गरेका छौं’, उनले भने, ‘यस विषयमा थप अनुसन्धान गर्दैछौं ।’ गैंडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागि मरेको भएपनि आज सोमबार मात्रै मृत भेटिएको बरालले बताए ।
‘हिजोसम्म हामीले ट्रयाकिङ्ग गर्दा जिउंँदै थियो, आज मध्यान्हतिर झाडीमा मृत फेला पर्यो’ उनले भने । गैडा मृत फेला परेपनि गैंडाको खाग र खुर भने सुरक्षित रहेको उनँले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गैंडा मृत फेला : धानबाली खानेक्रममा मारेको आशंका

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













