२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा हुने खेलकुद प्रतियोगिता रोकिँदा खेलाडी निराश

प्रकाशित मिति : २०७८ आश्विन १५ गते

–नारायण अधिकारी
चितवन । जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगिता कोरोनाका कारण हुन नसक्दा खेलाडी निराश बनेका छन् । कोरोना कहरका कारण विगत दुई वर्षदेखि जिल्ला, प्रदेश तथा केन्द्रीय प्रतियोगिता हुनसकेका छैनन् । तेक्वान्दो खेलाडी शिशिर श्रेष्ठ कोरोनाका कारण शारीरिक उपस्थिति भई खेल खेल्न नपाउँदा निराशा बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भर्चुअल माध्यमबाट हुने प्रतियोगिताले खासै जाँगर नआउँदो रहेछ ।” शारीरिकरूपमा उपस्थित भएर प्रशिक्षकको ऊर्जाका साथ खेल्दा खेलको आनन्द अर्कै हुने जनाउँदै उहाँले सामूहिकरूपमा खेल हुन नसक्दा खेलाडी निराश भएको बताउनुभयो ।
सामूहिकरूपमा खेल भए नयाँ–नयाँ विधिको ज्ञान आफूहरुलाई हुने उहाँको भनाइ छ । प्रशिक्षकले दिने हौसलालाई अरुले दिन नसक्ने उहाँले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अनुसार विगत दुई वर्ष जिल्लामा खेलकुद शून्यप्रायः छ । गत वैशाखमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएको भए पनि त्यसबाहेकका ठूला–साना प्रतियोगिता हुनसकेका छैनन् । कार्यालयका सचिव रामजी ढकालले कोरोना कहर घटेसँगै खेलकुद क्षेत्रमा केही आशा पलाउन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना कहरका कारण खेलाडीमा खेलप्रतिको रुचि कम भएको हुनसक्छ, तर अब आशा पलाएको छ ।” जिल्लामा हुने ठूला प्रतियोगिताका प्रायोजक व्यावसायिक नहुँदा खेलकुदप्रति त्यति आकर्षित बन्न नसकेको उहाँको भनाइ छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रल्लाद प्रधान सरकारका कारण खेल क्षेत्र निराश भएको बताउनुहुन्छ । कोरोनाको मारमा परेको खेलकुद क्षेत्रलाई सरकारले पर्याप्त बजेटसमेत नदिँदा ठूलो समस्या परेको उहाँको भनाइ थियो । कोरोनाका कारण खेलकुदको क्यालेण्डरअनुसार कार्यक्रम गर्न नपाउँदा खेलप्रेमीमा नैराश्यता छाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “खेल क्षेत्रबाट आफूलाई चिनाउने अवसर खेलाडीले गुमाएका छन् ।” कोरोना कहर अगाडि यहाँ राष्ट्रियस्तरका प्रतियोगिता हुने गर्दा खेल पर्यटकसमेत बढ्न लागेको उहाँको बुझाइ छ । अहिले प्रतियोगिता हुन नसक्दा यहाँका पालिकाले लिएको एक वडा एक खेल मैदान नीतिसमेत कार्यान्वयनमा आउन नसकेको प्रधानले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण बढ्नुअघि जिल्लामा हुने विभिन्न प्रतियोगिताले खेलाडीको मनोवल उच्च बनाउनाका साथै खेल क्षेत्रको विकास भएको भए पनि अहिले त्यस्तो हुन नसकेको हो ।
प्रदेश खेलकुद परिषद् सदस्यसचिव सूर्यलाल भण्डारी कोरोनाका कारण खेलकुद क्षेत्र तहसनहस बनेको बताउनुहुन्छ । खेलाडीबिना प्रशिक्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपरेको जनाउँदै उहाँले कोरोना सङ्क्रमण घट्दै गएकाले अब प्रतियोगिता सुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खेलाडीबिना तयारी परीक्षामा सहभागी हुनुपरेको छ ।” कात्तिकदेखि प्रदेशस्तरीय प्रतियोगिता र प्रशिक्षण सुरु भएपछि खेल क्षेत्रमा केही उत्साह थपिने उहाँको भनाइ छ ।
सङ्घ र प्रदेश सरकारबीच खेलकुद परिषद्सम्बन्धी विवाद कायमै रहेका कारण सोचेजस्तो काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले कानुन निर्माणका काम गरिरहेकाले जिल्ला तहमा खेलकुद हुनसकेको छैन ।” जिल्लामा स्थानीयदेखि राष्ट्रियस्तरका प्रतियोगिता हुने गरेकामा अहिले सामान्य प्रशिक्षण मात्रै भइरहेको छ । खेल क्षेत्रको विकास र उत्थानका लागि प्रतियोगिता हुन जरुरी देखिन्छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68