April 29, 2025

६६औँ प्रहरी दिवसको अवसरमा रक्तदान

October 2, 2021
- ADVERTISEMENT -

चितवन / ६६औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनले रक्तदान कार्यक्रम गरेको छ । जिल्लामा रहेका अस्पतालहरुमा रगतको अभाव केही भए पनि कम गर्ने हेतुले रक्तदान कार्यक्रम राखिएको कार्यालयले जनाएको छ ।
रक्तदान कार्यक्रममा प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, प्रहरी नायब उपरीक्षक नरहरि अधिकारी र सशस्त्र प्रहरी गरी ३७ जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीलगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -