२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल तामाङ कलाकार संघको नेतृत्वमा विश्व दोङ

प्रकाशित मिति : २०७८ आश्विन १७ गते
इन्सेकमा नव अध्यक्ष विश्व दोङ ।
- ADVERTISEMENT -

काठमाडौं / नेपाल तामाङ कलाकार संघको १४औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले संगीतकार, गीतकार तथा वरिष्ठ गायक विश्व दोङ तामाङलाई निर्विरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न संघको १४औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनमा तामाङ निर्विरोध चयन भएको हो ।
‘सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबद्र्धन हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले दोङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनले १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि निर्वाचन भएको थियो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शशिकला मोक्तान, उपाध्यक्षमा विशाल काल्तान, महासचिव रोशन फ्युबा, सचिवमा सुभाष मोक्तान, कोषाध्यक्षमा खेम मोक्तान र ७ महिला सदस्य सर्वसम्मत निर्वाचित भएको थियो ।
यस्तै निर्विरोध निर्वाचित सदस्यहरुमा कुमार स्याङबा, निर्माला घिसिङ, मिङ्स लामा, जितु लोप्चन, रेस्मा बोम्जन, रमित लामा ,लक्ष्मी स्याङतान, अन्जु थोकर रहेका छन् । निर्वाचन प्रक्रियाबाट खुल्ला सदस्य पदमा बुद्ध लामा, जीवन बम्जन, योगेश लामा, आस्मान लोप्चन, बैरागी मोक्तान, अनिल लामा, अशोक लामा, रमित लामा निर्वाचित भएका छन् ।
तामाङ समुदायको लागि र कलाकारहरुको हकहितको लागि धेरै काम गर्दै आएका नवनिर्वाचित अध्यक्ष दोङले सबै सँग छलफल, सहकार्य अनि सहमतिको आधारमा आफू अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -