चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्व नजिकिँदै जाँदा विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लामो दूरीका सवारीमा हुनसक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राख्दै सादा पोसाकका तथा बर्दीका प्रहरी परिचालन गरिएको छ । उनीहरुले लामो दूरीका सवारी साधनमा हुने लुटपाट, चोरी र बढी भाडा लिने समस्या समाधानमा आउने कार्यालयले विश्वास लिएको उनले जानकारी दिए ।
उनले योजना कार्यान्वयनका क्रममा ६९ युनिटले आवश्यकताअनुसार आकस्मिक चेकजाँच, पिकेट कार्यक्षेत्रमा कडाइ, क्युआरटी टोलीलाई थप तथा परिचालन, आपराधिक घटना हुने क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालनलगायत काम भइरहेको बताए । बाटो अवरोध भएमा खुलाउन स्ट्राइकिङ टोली र आवश्यक सहयोगका लागि मौजुदा टोलीसमेत तयारी अवस्थामा राखिएको बताइएको छ ।
यस कार्यका लागि जिल्लामा रहेका ७३७ प्रहरी जनशक्ति परिचालन गरिएको छ भने चाडपर्व लक्षित सुरक्षा योजनाका कार्यक्रम नियमित हुने कार्यक्रमभन्दा फरक रहेको छ । चाडपर्वमा हुनसक्ने विभिन्न घटनालाई मध्यनजर गर्दै जिल्लाका ३० स्थानमा चौबिसै घण्टा विशेष टोली परिचालन गरिएको उनको भनाइ छ ।
यस्तै चाडपर्वको समयमा अस्वभाविक रुपमा हुने मूल्य वृद्धि र अखाद्य वस्तुको बिक्री वितरण हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमनलगायतका काम भइरहेको कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा चाडपर्वलक्षित गरी विशेष सुरक्षा योजना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.67
153.27

European Euro
1
177.03
177.72

UK Pound Sterling
1
207.00
207.81

Swiss Franc
1
188.55
189.29

Australian Dollar
1
108.78
109.20

Canadian Dollar
1
110.17
110.60

Singapore Dollar
1
119.64
120.11

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.66
40.82

Qatari Riyal
1
41.88
42.05

Thai Baht
1
4.63
4.64

UAE Dirham
1
41.57
41.73

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
10.81
10.85

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.68
23.77

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.22
499.17

Bahrain Dinar
1
404.95
406.54

Omani Rial
1
396.53
398.09











