April 30, 2025

नेकपा एसद्वारा चार मन्त्रीको टुंगो, रामकुमारी स्वास्थ्यमन्त्री बन्ने

October 8, 2021
- ADVERTISEMENT -

काठमाडौँ / नेकपा एकीकृत समाजवादी पार्टीले चार मन्त्रीमा सहभागी हुने नेताको नाम टुंग्याएको छ । स्थायी कमिटी बैठकबाट म्यान्टेड लिएका माधवकुमार नेपालले चार जनाको नाम निकटका नेताहरूलाई सुनाएका छन ।
जसमा यसअघि छानिएका ६ मध्येका चार रहेका छन । रामकुमारी झाँकी, बिरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ रहेका छन । उनीहरूको मन्त्रालयको जिम्मेवारी समेत टुंगिएको नेकपा एसका नेताहरूले बताएका छन ।
जस अनुसार रामकुमारी झाँक्री स्वास्थ्य, बिरोध खतिवडा सहरी विकास, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने निर्णय माधव नेपालले लिएका छन । त्यस्तै राज्यमन्त्रीमा भवानी खापुङलाइ पठाउने नेकपा एसले जनाएको छ ।
चार मध्ये दुई जना अन्तिम समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेर मन्त्री बन्नका लागि नयाँ पार्टी बनाउने अभियानमा सहभागी भएका थिए । माधव नेपालको असहमतिका कारण अन्तिम समयमा कांग्रेसले उद्योग मन्त्रालय लिएर स्वास्थ्य मन्त्रालय नेकपा एसलाइ दिन सहमति जनाएको छ ।

- ADVERTISEMENT -