काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वकासाथ आफैसँग राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मकवानपुर क्षेत्र नं. २ का सांसद बिरोध खतिवडाले सम्हाल्ने भएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दा खतिवडालाई महत्वपुर्ण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
बिहिबारको बैठकमा खतिवडालाई शहरी बिकास मन्त्री बनाउने सहमति भएपनि अन्तत उनी स्वास्थ्यमन्त्री बनेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय देउवाले आफ्नै पार्टी नेपाली काँग्रेससँग राख्न खोजेका थिए ।
उनले यसअघि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर सो मन्त्रालय काँग्रेसबाहेक अरु दललाई नदिने सन्देश दिइसकेका थिए । तर मन्त्रीपरिषद बिस्तार गर्ने अन्तिम तयारी चलेको बेला गठबन्धनमा मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन उनले सो मन्त्रालय नेकपा एकिकृत समाजवादीको भागमा पारेका थिए ।
विश्वव्यापी रुपमा कोभिडको प्रकोष फैलिएपछि स्वास्थ्य मन्त्रालयको भुमिका अत्यन्त महत्वपुर्ण रुपमा लिइएको छ । मन्त्री बनेका खतिवडा मकवानपुरका पुराना कम्युनिष्ट नेता हुन् ।
एकिकृत समाजवादीबाट सरकारमा सहभागी ५ जनामध्ये खतिवडा नै सबैभन्दा पुराना र धेरैपटक सांसद निर्वाचित नेता हुन् । उनी २०४८ सालको आम निर्वाचनमा नै सांसद बनेका थिए ।
त्यसयता २०५१, २०५६ र २०७४ मा उनी सांसद निर्वाचित भएका छन् । धेरैपटक सांसद बने पनि मन्त्री बन्ने अवसरबाट बञ्चित खतिवडाले यसपटक भने महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मकवानपुरका बिरोध खतिवडा बने स्वास्थ्यमन्त्री
October 8, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
