चितवन / दसैँ सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् ।
यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरुको भनाइ छ । यसले मुटु, मिर्गाैला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने उनीहरुले बताएका छन् ।
चितवन मेडिकल कलेज (सिएमसी) का डिएम इण्डो क्राइनोलोजिष्ट डा सौरभ खतिवडा बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने बताउनुहुन्छ । मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनु पर्दछ ।
बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ ।” राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहने खतिवडाको भनाइ छ ।
बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने उहाँले बताउनुभयो । खतिवडाले भन्नुभयो, “पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ ।” बोसोरहित मासु कम खान उहाँको सुझाव छ ।
खानपिनमा ध्यान नदिँदा धेरै मानिस दसैँका समयमा अस्पतालमा पुग्ने गरेको भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारी बताउनुहुन्छ । खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उहाँले जानकारी दिनुभयो ।
एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही नपाइने जनाउँदै डा अधिकारीले भन्नुभयो, “बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ ।” नेपालीले चाडपर्वका अवसरमा दसैँमा प्रोटिनयुक्त र तिहारमा काबहाइड्रेडयुक्त खानाका साथै चिल्लो र चिसो पेयपदार्थ अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ ।
उहाँले चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै भन्नुभयो, “नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुने गरेको छ ।” कोरोना सङ्क्रमण केही न्यून भएको अवस्थामा मानिसको बढी हिँडडुलले सरुवा रोगको प्रकोप वृद्धि हुने अधिकारीले बताउनुभयो । उहाँले भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र समय समयमा हात धुन सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “टाढाटाढाबाट जम्मा भएका परिवारबीच पनि दूरी कायम गर्नुपर्छ ।” बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका चिकित्सक डा गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउनुभयो । उहाँले दसैँमा मासु खाँदै नखाने भनी रोक्न नसकिने बताउँदै भन्नुभयो, “बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने गर्नुपर्छ ।” बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम रहेको साहको भनाइ छ ।
धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउन सघाउने उहाँको भनाइ छ । मानिसले प्रतिदिन ७० ग्रामभन्दा बढी मासु खान नहुने भन्दै उहाँले मासुको अत्यधिक सेवनले आन्द्राको क्यान्सर हुने सम्भावना बढाउने बताउनुभयो ।
मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको जोखिम बढी भएको उहाँले बताउनुभयो । क्यान्सरका बिरामीले खसीको मासु एकैपटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान साहको सुझाव छ । चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा शङ्कर लौडारी रातो मासुको अत्यधिक प्रयोगले संवेदनशील अङ्ग मुटुमा असर पार्ने जोखिम उच्च हुने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “यसले उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।” उहाँले एक छाकमा तीन, चार टुक्रा मात्रै मासु प्रयोग गर्न सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म सेतो मासु खानुपर्छ । यसले स्वास्थ्यका लागि फाइदा गर्छ ।” खानको साथमा बजारमा पाइने पेयपदार्थको सेवन नगर्न सल्लाह दिँदै उहाँले पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न आग्रह गर्नुभयो । मासुको धेरै प्रयोगले मुटुमा अतिरिक्त बोसो जम्मा हुँदा मुटुको रक्तनलीमा समस्या हुने जनाउँदै उहाँले यसले अन्य रोगलाई पनि बढावा दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ मासु पकाउँदा तेल र मसलाको प्रयोग कम गर्नुपर्नुपर्छ । खसीको मासुमा कोलेस्ट्रोल बढी हुने भएकाले सकेसम्म मासु उमालेर खानुपर्छ ।”रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु नखान चिकित्सकको सुझाव

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














