काठमाडौं / नेपालभर केही दिन यताको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बाढी, पहिरो र डुबानमा परेर बुधबार बेलुकासम्म ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा धेरै पाँचथर जिल्लाका रहेका छन् ।
बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । पाँचथरमा पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ । त्यहाँ ६ जना घाइते भएका छन् ।
यस्तै, पाँचथरपछि बढी मृत्यु हुनेमा इलाम जिल्लाका रहेका छन् । इलाममा १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् ।
यसैगरी, पहिरो र बाढीमा परेर धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जना, बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक÷एक जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५÷५, बैतडी र इलाममा २÷२, कालीकोट र डडेलधुरामा एक÷एक जना घाइते भएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बाढीपहिरोमा परी ७७ को मृत्यु, पाँचथरमा सबैभन्दा बढी
October 21, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
