April 25, 2025

नेपालमा थप ७०८ मा कोरोना पुष्टि, ९३२ जना संक्रमणमुक्त

October 22, 2021
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, ७ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमित ९ लाख २ हजार १ जना पुगेको छ । तीमध्ये ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३३७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५८ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

- ADVERTISEMENT -