२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

बलिउड फिल्म ‘उचाइँ’ मा अभिनेत्री परमिताको विशेष भूमिका

प्रकाशित मिति : २०७८ कार्तिक १० गते

काठमाडौं / अभिनेत्री परमिता राणा लामो समयदेखि सफलताको खोजीमा छिन् । पहिलो फिल्म ‘चपली हाइट २’ होस् वा पछिल्लो फिल्म ‘कर्मा’, उनलाई कुनै फिल्मले सफलताको सुख दिन सकेका छैनन् । उनी फिल्मभन्दा ज्यादा प्रेम र ब्रेकअपका कारण मिडियाका लागि गसिपको पात्र बन्ने गरेकी छन् । बोल्ड नायिकाको छवि बनाएकी परमिता पहिलो पटक बलिउड फिल्ममा देखिँदैछिन् ।
विगत दुई सातादेखि नेपालमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइँ’ मा उनको विशेष भूमिका छ । यो फिल्ममा उनी अडिसनबाट छानिएकी हुन् । फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन लगायतका बलिउड कलाकारहरुको अभिनय रहेको छ । फिल्मको केही सिनमा परमिताले अनुपम र बोमनसँँग स्क्रिन शेयर गरेकी छन् ।
गएको हप्तादेखि फिल्मको मनाङमा छायांकन भइरहेको छ । परमिताले दिनुहँ फिल्मको सुटिङ सेटबाट बलिउडका कलाकारसँग खिचेको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् । दुई दिन अगाडि आफ्नो इन्स्टाग्राममा अनुपम र बोमनलाई दायाँ र बायाँ राखेर खिचेको एक तस्विर साझेदार गर्दै उनले फिल्ममा एकसाथ स्क्रिन शेयर गर्न पाएकोमा आभार व्यक्त गरेकी छन् ।
सूरज बडजात्याको निर्देशन रहेको यस फिल्ममा परमितासँँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतका नेपाली कलाकारहरुकोे पनि अभिनय रहेको छ । मित्रताको कथा भन्ने फिल्मको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनीले हेरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52