२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

नेपालमा थप ४४० मा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा आज बुधबार ४४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पिअिसार परीक्षण गर्दा ३८७ र एक हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ ।
तीमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० जना संक्रमणमुक्र भएका छन् भने ११ हजार ४६० जनाको मृत्यु भएको छ । यस्तै देशभर ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा १६ हजार ५२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -