चितवन / नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्यालीसँग एम्बुलेन्स पनि रहनेगरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताउनुभयो ।
नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोक सहितबाट निस्किने ¥यालीसँगै एम्बुलेन्स पनि रहने ढकालको भनाइ छ । महाधिवेशनको स्वास्थ्य समितिसँगै एम्बुलेन्स रहने ढकालले बताउनुभयो । एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने बताइएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले महाधिवेशन उद्घाटन हुने स्थानमा भिआईपी र भिभिआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने बताउनुभयो । मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलले बताउनुभयो । “मञ्चमा हुने विशिष्ट व्यक्तिहरुका लागि लक्षित गर्दै स्वास्थ्य तथा वातावरण सरोकार समाज सौराहाको क वर्गको र रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको ख वर्गको एम्बुलेन्स मञ्चलाई लक्षित गर्दै राख्छौँ” पौडेलले भन्नुभयो, “उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्स परिचालन गरिनेछ ।”
बन्दसत्र अवधिभर सौराहामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा क वर्गको परिचालन हुने भन्दै पौडेलले थप चार वटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने बताउनुभयो । “महाधिवेशन प्रतिनिधिहरु बिरामी परेको अवस्थामा उनीहरु बसेकै होटलमा पुगेर थप उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउने गरी सौराहामा एम्बुलेन्स पार्किङ गरेर राख्नेछौँ” पौडेलले भन्नुभयो, “सम्भावित दुर्घटनालाई मध्यनगर गरी मानवीय सेवामा समर्पित भएर महाधिवेशन अवधिभर निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालन गर्दैछौँ ।”
बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा कृष्णप्रसाद अधिकारीले बताउनुभयो । “महाधिवेशनमा सबै विषयका विज्ञ चिकित्सक सहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुन्छ” अधिकारीले भन्नुभयो, “हामीले उपचार गर्न नसकेको बिरामीलाई भरतपुरको मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति भएको छ ।” बन्दसत्र हल नजिकै स्वास्थ्य समितिले चिकित्सक सहितको टोली राख्नेछ ।
- ADVERTISEMENT -

एमाले महाधिवेशनको सहभागी प्रत्येक र्यालीमा एम्बुलेन्स

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22











