–प्रमिला तामाङ
चितवन ÷ लालपूर्जाको माग गर्दै चितवनमा रहेका सुकुम्बासीहरुले आन्दोलन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगरले निर्वाचन अगावै लालपूर्जा वितरण गर्नुपर्ने माग गर्दै मंगलबार रत्ननगरको निपनीदेखि टाँडीचोकसम्म दबाबमूलक ¥याली निकालेका थिए ।
¥यालीमा नों लालपुर्जा नों भोट, झुट्को राजनीति बन्द गर बसोबासको आधारमा लालपुर्जा देऊ, आश्वान होईन लालपुर्जा बितरण गर जस्ता प्ले कार्ड सहित उनीहरु सडकमा उत्रेका थिए । ¥याली निपनीबाट टाँडीहुँदै पुनः बकुलहरको रत्ननगर नगरपालिकाको गेटमा आई कोणसभामा परिणत भएको थियो ।
कोण सभामा उनीहरुले नेताहरुको झुटो कुरा सुन्दासुन्दै दिन बित्दै गएको तर लालपूर्जा हातमा नभएको गुनासो गरेका थिए । उनीहरुले कि हामी सुकुम्बासीलाई लालपूर्जा चाहियो कि त नेपाल अधिराज्यभरको लालपूर्जा खारेज हुनुपर्छ भन्दै विरोध गरेका थिए ।
लालपूर्जाको माग गर्दै राजमार्गमा प्रर्दशनमा उत्रिएका उनीहरुले आगामी तीनै तहको निर्वाचनमा लालपूर्जा नपाए भोट नहाल्ने चेतावनी दिएका छन् । ¥यालीमा रत्ननगरसहित चितवनका सयौं सुकुमवासी समुदायको सहभागिता रहेको थियो ।
¥यालीमा बच्चादेखि बृद्धसम्म सहभागी भएका थिए । सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले अहिलेसम्म बनेका १६ वटा आयोगले १६ घर धुुरीलाई पनि लालपूर्जा दिन नसकेको बताए ।
नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगरका अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिव राजु तामाङ, जिल्ला अध्यक्ष छविलाल देवकोटा, आकृति महिला सहकारीकी अध्यक्ष फुलकुमारी लामा लगायतले मन्तव्य राखेका थिए ।
- ADVERTISEMENT -

लालपूर्जा नपाए भोट नहाल्ने सुकुमबासीको चेतावनी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36







