२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

खोप व्यवस्थापनका लागि ३१ लाखका सामग्री सहयोग

प्रकाशित मिति : २०७८ मंसिर २५ गते
Sketch

कैलाली / कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।
सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर नेपालका सहायक निर्देशक मुना शेर्पाबाट हस्तान्तण भएको छ ।
खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कैलाली, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्योपचार केन्द्र, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका लागि आइसलेन्ड रिफ्रिजेटर ठूला र सानो, कोल्ड बक्स, फ्रिजर चेस्ट, आइसप्याक लगायत गरी ३१ लाख ९१ हजार ३४९ रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको सीएसएसडी कैलालीका कार्यक्रम संयोजक जगत उपाध्यायले जानकारी दिए ।
उनले कोरोनाको खोप लगाउन सहजताका लागि सामग्री हस्तान्तण गरेको बताए । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री खड्काले खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि हस्तान्तरण गरिएका सामग्रीले सहज हुने बताए ।
मन्त्री खड्काले भने, ‘अब कुनै नयाँ भेरियन्ट आए पनि त्यसका पनि सबैको सहयोग र सहकार्यमा न्यूनीकरण गर्न सक्छौं ।’
उनले प्रदेश सरकार सीमानाकामा स्वास्थ्य परीक्षणदेखि होल्डिङ सेन्टरलाई चाँडोभन्दा चाँडो सञ्चालन ल्याउन प्रयासमा रहेको उल्लेख गरे । केयर नेपालकी सहायक निर्देशक शेर्पाले विभिन्न विपत्मा जहिले पनि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36