चितवन / चितवनको बेलचोकमा मानव सेवा आश्रम चितवन शाखाको भवन निर्माणका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको शुभारम्भ गरिएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ सुरु गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार पहिलो दिनमै ९६ लाख रुपैयाँ जुटेको बताए । उनले १५ वटा कोठा निर्माण गर्न ५ लाख ११ हजार १ सय ११ रुपैयाँ र दुईवटा हल निर्माणका लागि १० लाख ११ हजार १ सय ११ रुपैयाँ जुटेको उनले भने ।
आश्रमका महासचिव सुशिला के.सी (रुपा) ले दाताहरुबाट महायज्ञको पहिलो दिन एक कोठा निर्माण अभियान अन्तर्गत १५ वटा कोठाको प्रतिबद्धता प्राप्त भएको बताए । यस अभियान अन्तर्गत एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ वा सो भन्दा माथिको योगदान भएमा कोठामा नामाकरण गरिने उनको भनाइ छ ।
जारी महायज्ञबाट १० करोडको सहयोग संकलन गरिने लक्ष्य राखिएको महायज्ञका संयोजक प्रेमकुमार श्रेष्ठले बताए । आश्रमको संरचनाको सम्पूर्ण व्यवस्थापन गरी आवश्यक सामग्री जोडेर गृह प्रवेश गराउनका लागि ५ करोड र आश्रमको नियमित व्यवस्थापनका लागि ५ करोड जुटाउने लक्ष्य रहेको उनले भने ।
उनले महायज्ञ पौष ४ गतेसम्म हरेक दिन बिहान ७ः३० बजेदेखि पूजा पाठपारायण र ११ बजेदेखि कथा वाचन हुने जानकारी दिए ।
हाल मानवसेवा आश्रमको सेवा भरतपुर महानगरपालिका–१०, बाइपास रोडबाट संचालित छ । आश्रमका लागि जग्गा भरतपुर निवासी समाजसेवी स्व. भगवानदास श्रेष्ठको स्मृती एवं सम्मानमा श्रीमती कल्याणी श्रेष्ठज्यू र पारिवारले ६ कठ्ठा र उनका ठुला दाजु प्रेमकुमार श्रेष्ठले २ कठ्ठा गरी ८ कठ्ठा जग्गा प्रदान गरेको हो ।
- ADVERTISEMENT -

चितवनमा आश्रमको लागि महायज्ञ सुरु, पहिलो दिनमै जुट्यो ९६ लाख

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36







