चितवन / चितवनको बेलचोकमा मानव सेवा आश्रम चितवन शाखाको भवन निर्माणका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको शुभारम्भ गरिएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ सुरु गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार पहिलो दिनमै ९६ लाख रुपैयाँ जुटेको बताए । उनले १५ वटा कोठा निर्माण गर्न ५ लाख ११ हजार १ सय ११ रुपैयाँ र दुईवटा हल निर्माणका लागि १० लाख ११ हजार १ सय ११ रुपैयाँ जुटेको उनले भने ।
आश्रमका महासचिव सुशिला के.सी (रुपा) ले दाताहरुबाट महायज्ञको पहिलो दिन एक कोठा निर्माण अभियान अन्तर्गत १५ वटा कोठाको प्रतिबद्धता प्राप्त भएको बताए । यस अभियान अन्तर्गत एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ वा सो भन्दा माथिको योगदान भएमा कोठामा नामाकरण गरिने उनको भनाइ छ ।
जारी महायज्ञबाट १० करोडको सहयोग संकलन गरिने लक्ष्य राखिएको महायज्ञका संयोजक प्रेमकुमार श्रेष्ठले बताए । आश्रमको संरचनाको सम्पूर्ण व्यवस्थापन गरी आवश्यक सामग्री जोडेर गृह प्रवेश गराउनका लागि ५ करोड र आश्रमको नियमित व्यवस्थापनका लागि ५ करोड जुटाउने लक्ष्य रहेको उनले भने ।
उनले महायज्ञ पौष ४ गतेसम्म हरेक दिन बिहान ७ः३० बजेदेखि पूजा पाठपारायण र ११ बजेदेखि कथा वाचन हुने जानकारी दिए ।
हाल मानवसेवा आश्रमको सेवा भरतपुर महानगरपालिका–१०, बाइपास रोडबाट संचालित छ । आश्रमका लागि जग्गा भरतपुर निवासी समाजसेवी स्व. भगवानदास श्रेष्ठको स्मृती एवं सम्मानमा श्रीमती कल्याणी श्रेष्ठज्यू र पारिवारले ६ कठ्ठा र उनका ठुला दाजु प्रेमकुमार श्रेष्ठले २ कठ्ठा गरी ८ कठ्ठा जग्गा प्रदान गरेको हो ।
चितवनमा आश्रमको लागि महायज्ञ सुरु, पहिलो दिनमै जुट्यो ९६ लाख
December 13, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
