२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा पोथी चितुवा मृत फेला

प्रकाशित मिति : २०७८ पुष ७ गते
- ADVERTISEMENT -

चितवन / चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो ।
रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने अनुमान वन कार्यालयको छ ।
बाघ वा अन्य कुनै चिजलाई देखेपछि भाग्न खोज्दा चितुवा रुखको कापोमा परेको र त्यहाँबाट उम्किन नसक्दा मृत्यु भएको हुनसक्ने सूचना अधिकारी खनालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -