काठमाडौं / अमेरिकाबाट कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको खोप शुक्रबार नेपाल आइपुगेको हो ।
उनका अनुसार उक्त खोप अहिले टेकुको भण्डारण कक्षमा राखिएको छ । फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो । स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार घोलक पदार्थ पुस १४ गते आउने तय भएको छ । तर, सिरिञ्ज आउने मिति भने अनिश्चित छ ।
सरकारले उक्त खोप प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ, लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताएको छ ।
अमेरिकाबाट नेपाल आइपुग्यो ६ लाख ६४ हजार डोज फाइजर खोप
December 24, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
