२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

मालपोतका प्रमुख पौडेल र अमिन कठायत विरुद्ध भ्रष्टाचार मुद्धा दायर 

प्रकाशित मिति : २०७८ पुष १० गते
Photo : Halkaro

चितवन / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको चनौली मालपोत कार्यालयका प्रमुख र अमिनलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको छ।
उक्त मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायत उपर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर गरेको हो।
अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग लिएको ३ लाख १४ हजार पाँच सय नगद र २ वटा चेक सहित पौडेललाइ पक्राउ गरिएको थियो । बरामद नगद मध्ये ५० हजार सेवाग्राहीले बुझाएको र दुई लाख ६४ हजार पाँच सय पौडेलको साथमा रहेको अवस्थामा बरामद गरिएको थियो ।
सोही मुद्दाका अर्का आरोपी अमिन कठायतको साथबाट १ लाख ५० हजार नगद र तीन लाख ५० हजारको चेक अख्तियारले बरामद गरेको थियो।
उनीहरु दुबैलाइ मंसिर १५ गते कार्यालयबाटै अख्तियारको टोलीले पक्राउ गरि काठमाडौं लगेको थियो।
कठायतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) को कसुर गरेकोले जम्मा बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को खण्ड (घ) वमोजिम सजायको माग सहित मुद्धा दायर गरेको हो ।
त्यस्तै पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) को कसुर गरेको पुष्टिका आधारमा पचास हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को खण्ड (ख) बमोजिम सजायको मागदावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम शुक्रबार विशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52