२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

क्रिसमस पर्वमा ४५०० उडान रद्ध

प्रकाशित मिति : २०७८ पुष १० गते
- ADVERTISEMENT -

काठमाडौं / विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्ध भएको हो ।
उडान रद्ध तथा ढिलाई हुँदा अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्ति समेतलाई असर परेको छ । यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्ध भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो ।यो समाचार तयार पार्दा सम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्ध भइसकेका र अरु पनि धेरै रद्ध हुन सक्ने बताइएको छ । -एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -