April 19, 2025

सौराहा थकाली किचनलाई टु स्टारको मान्यता प्रदान

December 28, 2021
- ADVERTISEMENT -

सौराहा / चितवनको पर्यटकीय नगरी सौराहाको अल्फ्रेस्को रेष्टुरेन्ट तथा सुर्योदय गेष्ट हाउसले टु स्टारको मान्यता पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गरेको स्तरीकरणमा अल्फ्रेस्को रेष्टुरेन्ट तथा सुर्योदय गेष्ट हाउसका सञ्चालित सौराहा थकाली किचनलाई टु स्टारको मान्यता दिएको हो ।
कार्यालयले होटल तथा रेष्टुरेन्टले प्रदान गर्ने सेवा र सरसफाईलाई केन्द्रीत गरेर स्तरीकरण गर्ने गरेको छ । होटल तथा रेष्टुरेन्टको अबस्था,सरसफाई,कर्मचारी व्यवस्थापन,खाद्य स्वच्छता,तेलको गुणस्तर,मालिकले कर्मचारीलाई गर्ने व्यवहार,पर्यटकलाई गर्ने व्यवहार,खानेकुराको भण्डारण लगायतका सुचक पुरा गरेका होटलहलाई स्टार दिने गर्दछ ।
किचनका संञ्चालक गोकर्ण गिरीले पर्यटकलाई प्रदान गर्ने सेवालाई प्रभावकारी र विश्वासनिय बनाउदै लैजाने क्रममा आफुले टु स्टार पाएको बताए । स्टार पाउनु ठुलो कुरा होइन उनले भने स्वदेशी तथा विदेशी पर्यटकलाई प्रदान गर्ने सेवा पर्यटकीय क्षेत्रको लागि महत्वपूर्ण हो । सौराहा थकाली किचनले ८४ नम्बर प्राप्त गरी टु स्टार पाउन सफल भएको छ गिरीले भने सय प्रतिशत अंक नसक्नुका कारणको पहिचान गरी कमजोरी सुधार गर्ने छु ।
कार्यालय चितवनले ३१ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको हो । ३१ वटा होटलमा गरिएको अनुगमनका क्रममा १० वटा होटल तथा रेष्टुरेन्ट स्तरीकरणमै नपरेको खाद्य निरीक्षक प्रदिप काफ्ले जानकारी दिए । सौराहाका ७ वटा होटल तथा रेष्टुरेन्ट उत्तम तथा टु स्टार पाएका छन् । ति होटल तथा रेष्टुरेन्टलाई कार्यालयले हरियो स्टीकरमा दुई वटा स्टार प्रदान गरेको छ ।
८ वटा होटल तथा रेष्टुरेन्टले सन्तोषजनक स्थान पाएका छन् । ति होटल तथा रेष्टुरेन्टलाई हरियो स्टीकरमा एउटा स्टार प्रदान गरिएको खाद्य निरीक्षक काफ्लेले बताए । सामान्य स्तर पाएका ६ वटा होटल तथा रेष्टुरेन्टलाई पहेलो स्टीकर प्रदान गरिएको छ ।

- ADVERTISEMENT -