२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

मानवसेवा आश्रम भवन निर्माणार्थ चार करोड बढी सङ्कलन

प्रकाशित मिति : २०७८ पुष १३ गते

चितवन / मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट रु चार करोड पाँच लाख ५९ हजार २१४ सङ्कलन भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले महायज्ञका क्रममा रु एक करोड ८५ लाख ७४ हजार ९६८ नगद सङ्कलन भएको जानकारी दिनुभयो । त्यस्तै रु दुई करोड १९ लाख ८४ हजार २४६ बोलकबोल भएको तिमिल्सेनाको भनाइ छ । बोलकबोल भएको रकममध्ये पनि करिब रु एक करोड बराबरको चेक भएको र बाँकी रकम फागुनभित्र दिने प्रतिबद्धता भएको तिमिल्सेनाले बताउनुभयो ।
मानवसेवा आश्रमको भवन निर्माणका लागि ३३ जनाले एक कोठा बराबरको रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका तिमिल्सेनाको भनाइ छ । उहाँका अनुसार कोठा अभियानका लागि रु एक करोड ७३ लाख ५३ हजार ५५२, कलश दानबाट रु ९१ हजार ७१० सङ्कलन भएको छ । गत मङ्सिर २६ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महायज्ञ सम्पन्न गर्न रु ४१ लाख सात हजार ४६२ खर्च भएको तिमिल्सेनाले बताउनुभयो ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भवन निर्माणका लागि रु दुई करोड खर्च भइसकेको भन्दै रु एक करोड सहकारीबाट ऋण लिएको बताउनुभयो । “हामीले चितवनमा आश्रम भवन बनाउन सहकारीबाट एक करोड ऋण लिएका थियौँ”, अधिकारीले भन्नुभयो, “५० लाख बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सहयोग आएको थियो बाँकी रकम मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट सापटी लिएर काम गरेका थियौँ ।” महायज्ञबाट सङ्कलन भएको रकमबाट सहकारीको ऋण तिरेर बाँकी रकमले भवन निर्माण सम्पन्न गरिने अधिकारीको भनाइ छ ।
पुस १५ बाट महाकाली–मेची यात्रा
मानवसेवा आश्रमले यही पुस १५ देखि महाकाली–मेची यात्रा सुरु गर्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । जाडो महिनामा सडक किनारमा धेरै मानिसले रात बिताउने गरेका भन्दै अधिकारीले उनीहरुको उद्धारका लागि महाकाली–मेची यात्रा सुरु गर्न लागेको बताउनुभयो । “हामीले गत वर्ष मेचीबाट यात्रा सुरु गरेका थियौँ, त्यसबेला हामीले सडकबाट ७५० जनाको उद्धार गरेका थियौँ”, अधिकारीले भन्नुभयो, “यस वर्ष महाकालीबाट यात्रा सुरु गर्दैछौँ । हाम्रो यात्रा १७ दिनमा पूरा हुन्छ ।”
यात्राका क्रममा राजमार्ग छेउमा पर्ने स्थानीय तहहरूसँग मानवताका बारेमा र सहयोगापेक्षी सडक मानवका विषयमा अन्तक्र्रिया गरिने अधिकारीले बताउनुभयो । महाकाली– मेची यात्राका लागि दुईवटा टोली निर्माण गरिएको भन्दै उहाँले मुख्य टोलीमा १५ जना सहभागी हुने जानकारी दिनुभयो । “हाम्रो १५ जनाको टोलीले पूर्वपश्चिम राजमार्ग र नजिकैका मुख्य बजार क्षेत्रमा यात्रा गर्नेछ”, अधिकारीले भन्नुभयो, “अर्को टोलीले राजमार्गबाट उत्तरतर्फ भएका काठमाडौँ, पोखरालगायतका सहरमा यात्रा गर्दै सहयोगापेक्षी सडक मानवको उद्धार गर्नेछ ।”
महाकालीबाट मेचीसम्मको यात्राका क्रममा राजमार्ग वरिपरिका मानवसेवा आश्रमका विभिन्न ११ वटा जिल्ला शाखाको भ्रमणसमेत गरिने अधिकारीले बताउनुभयो । सडक किनारबाट उद्धार गरिएका सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर जिल्ला शाखामा व्यवस्थापन गरिने अधिकारीले बताउनुभयो । मानवसेवा आश्रमले देशका सातवटै प्रदेशका १७ जिल्लामा २५ वटा शाखा सञ्चालन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04