चितवन / चितवनको मुटु सहिदचोकमा अवस्थित संगम मार्केटभित्र ४० लाख एकल लगानीमा ‘कम्प्युटर एण्ड प्रिन्टर शप’ सञ्चालन आएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै दोस्रो शाखाको रुपमा शुक्रबारबाट संगम मार्केटमा पनि सेवा सुरु गरिएको सञ्चालक विजयकुमार महतोले जानकारी दिए ।
सञ्चालक महतोका अनुसार यसअघि पहिलो पटक ७ वर्षअघि (२०७१ साल) गणेश मार्केटबाट समेत ग्राहकहरुलाई सेवा दिँदै आएको हो । विगत १२ वर्षदेखि कम्प्युटर र प्रिन्टर क्षेत्रमा ग्राहकहरुलाई निरन्तर सेवा दिँदै आएको उनको भनाइ छ ।

उक्त शपमा प्रिन्टर तथा ल्यापटपसम्बन्धी जस्तोसुकै समस्याको समाधान गर्ने आफ्नै सर्भिस सेन्टर भएको र ग्राहकहरुलाई सबै किसिमको झन्झटबाट मुक्त हुने एकमात्र ठाउँ भएको उनले दावी गरे । कम्प्युटर, प्रिन्टर, ल्यापटप र सिसि टिभी क्यामेराको होलसेल तथा खुद्रा बिक्री समेत भएको उक्त पसलमा सो सम्बन्धी सबै किसिमका पार्टस्हरु उपलब्ध रहेको छ ।
चितवनको पश्चिम मेघौली र पूर्वको हेटौंडासम्म सेवा उपलब्ध रहेको उनले बताए । यस्तै मुग्लिन, कुरिनटार, इच्छाकामनासम्म आफ्नो व्यवसाय फैलिएको र नवलपरासी, चोरमारा, अरुणखोला, दुम्कीवासदेखि ग्राहकहरु सेवा लिन आउने गरेको उनको अनुभव छ ।
- ADVERTISEMENT -












































