रत्ननगर / चितवनको रत्ननगर स्थित टिकौलीचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आयोजना गरिएको रत्ननगर महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुने सो महोत्सवमा दुई दर्जन बढी राष्ट्रिय कलाकारहरु प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय कलाकार प्रमोद खरेल, कमल खत्री, रचना रिमाल, बद्री पंगेनी, राजु परियार, प्रिती आले, सुबोध गौतम, विन्दु परियार, मनिषा पोखरेल, निशा लामा, मेलिना मैनाली, दुर्गा सापकोटा, पूर्णकला विसी, डिपी लोप्चन, नेत्र जी पन्त, ऋतु कँडेल, गोविन्द अधिकारी, बलराम सरकार तथा स्थानीय कलाकारहरु अमृत बोहरा, अर्जुन गुरुङ, बसन्त शिलवालले प्रस्तुति दिने बताइएको छ ।
यस्तैगरी स्थानीय व्याण्डहरुमा द नोटेशन व्याण्ड, नोटिस व्याण्ड, स्तब्ध व्याण्ड साथै नारायणी कला मन्दिर, पर्सा डान्स सेन्टर र रत्ननगर कला मन्दिरको प्रस्तुती रहने कलाकार संयोजक सापकोटाले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगरमा महोत्सवमा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













