२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा ‘कोभिड–१९ ग्रुप’को फुटसल प्रतियोगिता, ३५ बढी क्लब सहभागी हुने

प्रकाशित मिति : २०७८ पुष २० गते

चितवन / ‘कोभिड–१९ ग्रुप’ले चितवनमा पहिलोपटक फुटसल प्रतियोगिता गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै जाँदा खेल क्षेत्रलाई पनि चलायमान बनाउने उद्देश्यले यही पुस २३ र २४ गते प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
भरतपुर–७, गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्ट्स जोनमा हुने खेलमा ३५ बढी समूहको सहभागिता रहने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष बिक्रम गुरूङले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि १५ समूहले नाम दर्ता गराइसकेका उनले बताए ।
तीन हजार रूपैयाँ प्रवेश शुल्क तोकिएको प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार र द्वितीय हुने समूहले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेलाडीलाई तीन हजार र उत्कृष्ट गोल किपरलाई दुई हजारको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
करिब डेढ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कारका लागि प्रायोजकमार्फत रकम उपलब्ध हुने उनले बताए । बाँकी खर्च भने आन्तरिकरुपमा व्यवस्थापन गरिने उनको भनाइ छ । पहिलोपटक खेलको आयोजना गर्न लागेको हुँदा आगामी दिनमा यसलाई निरन्तर आयोजना गर्दै लैजाने लक्ष्य लिइएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04