April 19, 2025

चितवनमा ‘कोभिड–१९ ग्रुप’को फुटसल प्रतियोगिता, ३५ बढी क्लब सहभागी हुने

January 4, 2022
- ADVERTISEMENT -

चितवन / ‘कोभिड–१९ ग्रुप’ले चितवनमा पहिलोपटक फुटसल प्रतियोगिता गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै जाँदा खेल क्षेत्रलाई पनि चलायमान बनाउने उद्देश्यले यही पुस २३ र २४ गते प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
भरतपुर–७, गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्ट्स जोनमा हुने खेलमा ३५ बढी समूहको सहभागिता रहने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष बिक्रम गुरूङले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि १५ समूहले नाम दर्ता गराइसकेका उनले बताए ।
तीन हजार रूपैयाँ प्रवेश शुल्क तोकिएको प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार र द्वितीय हुने समूहले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेलाडीलाई तीन हजार र उत्कृष्ट गोल किपरलाई दुई हजारको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
करिब डेढ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कारका लागि प्रायोजकमार्फत रकम उपलब्ध हुने उनले बताए । बाँकी खर्च भने आन्तरिकरुपमा व्यवस्थापन गरिने उनको भनाइ छ । पहिलोपटक खेलको आयोजना गर्न लागेको हुँदा आगामी दिनमा यसलाई निरन्तर आयोजना गर्दै लैजाने लक्ष्य लिइएको उनले बताए ।

- ADVERTISEMENT -