April 20, 2025

थप ६७३४ जनामा कोरोना संक्रमण

January 17, 2022
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
१४ हजार १४ पीसीआर परीक्षणमा ५ हजार ७४७ र ३ हजार ४५१ परीक्षणमा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज थप ५४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२३ छ ।

 

- ADVERTISEMENT -