चितवन / एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् ।
अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि यहाँ अस्पताल खोल्नुभएको हो । अस्पतालले आज १०औँ वर्ष पार गरेको छ ।
डा लामिछानेले भन्नुभयो, “पहिलो वर्ष हामी नयाँ थियौँ, धेरैले विश्वास गरेनन्,” उहाँले थप्नुभयो, “जब हामीले छिटो र राम्रो सेवा दिन थाल्यौँ अनि बिरामीको चाप बढ्न थाल्यो ।”
अस्पतालमा हाडजोर्नीसँगै चोटपटक, जोर्नी प्रत्यारोपण, दूरबिनबाट जोर्नी शल्यक्रिया, दुर्घटनाबाट भएका ठूला चोटपटकको शल्यक्रिया हुन्छन् । १८ हजारमध्ये करिब १२ हजार शल्यक्रिया डा लामिछाने आफैँले गर्नुभएको हो । उहाँले भन्नुभयो, “कुनै दिन १४ वटा शल्यक्रियासम्म गरेको तथ्याङ्क हामीसँग छ ।”
अहिले शल्यक्रियामा उहाँसँगै डा अनिल भट्टराईसहितको समूह छ । हाडजोर्नीका अतिरिक्त अस्पतालमा नसा र अनुहारको हड्डीसम्बन्धी शल्यक्रिया (मेक्जिलोफेसियल) पनि गरिँदै आएको छ । अस्पतालले गरिब तथा विपन्न बिरामीहरूलाई सहुलियत तथा निःशुल्क उपचार सेवा पनि दिएको जनाएको छ ।
हालसम्म झन्डै रु एक करोड ५० लाख बराबरको सहुलियत दिइएको लामिछानेको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले रु ७५ लाख बराबरको पूरै निःशुल्क सेवा दिएका छौँ भने त्यति बराबरको आंशिक छुट दिएका छौँ ।”
पुरानो नारायणी यातायात कम्पनी प्रालिका सञ्चालक शङ्कर गिरी जिल्लामा ट्रमा अस्पताल सुरु भएसँगै दुर्घटनाका घाइतेको उपचारमा धेरै सहज भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विगतमा काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो, अहिले जिल्लामै उपचार सम्भव भएको छ । यसले समय र पैसा दुवैको बचत भएको छ ।”
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदी चितवन र आसपासका जिल्लामा भएका दुर्घटनाका सामान्य घाइते पनि काठमाडौँ पठाउनुपर्ने बाध्यता अहिले नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पठाउनै परे मात्रै काठमाडौँ पठाउँछौँ, धेरैजसो उपचार यहीँ सम्भव भएको छ ।”
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको एलाइभमा १० वर्षमा १८ हजार शल्यक्रिया

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.01
153.61

European Euro
1
175.66
176.34

UK Pound Sterling
1
204.78
205.58

Swiss Franc
1
185.97
186.70

Australian Dollar
1
109.07
109.50

Canadian Dollar
1
109.13
109.55

Singapore Dollar
1
119.96
120.43

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.85
22.94

Saudi Arabian Riyal
1
40.73
40.89

Qatari Riyal
1
41.98
42.14

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.66
41.82

Malaysian Ringgit
1
37.53
37.67

South Korean Won
100
11.15
11.19

Swedish Kroner
1
15.57
15.63

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.84
499.79

Bahrain Dinar
1
405.86
407.45

Omani Rial
1
397.42
398.98













