April 25, 2025

चितवनमा एमसीसी विरुद्ध जिल्ला प्रशासन घेराउ

February 20, 2022
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / एमसीसी परियोजना खारेजी विरुद्ध ६ दल र २ मोर्चाको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरेको छ । एमसीसी खारेजी अभियानका सचिव परशुराम पौडेल अजिवले सञ्चालन गर्नुभएको सभामा नेकपा मसालका जिल्ला प्रवक्ता मेघराज ढकालले बोल्दै यो राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने बताए ।
सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकासले एमसीसी पास गर्ने धृष्टता संसदीय दलालहरुले गरे जनता दलालहरुको चिहान खन्न बाध्य हुने चेतावनी समेत दिए । कार्यक्रममा नेकपाका सेक्रेटरी मिनप्रसाद सापकोटाले प्रहरी दमनमा उत्रिएमा पहिलो निशाना हुने बताउदै एमसीसी संसदबाट पास भए सांसदहरूलाई सामाजिक बहिष्कार गरिने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

- ADVERTISEMENT -