चितवन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनद्वारा १६६ जना पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । महासंघको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार रगत नमूना संकलन र बुधबार डाक्टरले रिपोर्ट हेरेर परामर्श तथा निःशुल्क औषधिसहित स्वास्थ्य परीक्षण गरिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ चितवनको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण भएको हो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारी, मेडिकल सुपरिटेण्डेण्ट एवम् अर्थाेपेडिक सर्जन प्राडा कृष्णप्रसाद पौडेल, मुटुरोग विशेषज्ञ डा मणि गौतम, फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा नवराज लामिछाने, फिजिसियन डा प्रमोद पौडेल, फिजिसियन डा प्रतीक्षा श्रेष्ठलगायतका चिकित्सकहरुले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
सो अवसरमा पत्रकारहरुलाई महासंघमै इसिजिसमेत गरिएको थियो भने थप उपचार गर्नुपर्ने पत्रकारहरुलाई भरतपुर अस्पतालमा समन्वय गरिएको कार्यक्रम संयोजक विप्लव काफ्लेले जानकारी दिए । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले पत्रकार र चिकित्सक दुइटा टाउको र एउटै पेट भएको चराको संज्ञा दिए ।
उनले भरतपुर अस्पतालले मेडिकल सिटीको नेतृत्व गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिए । भरतपुर अस्पतालको विकासका लागि पत्रकारहरुले स्वच्छ आलोचना गर्नुपर्ने बताउँदै अस्पताललाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताए । केन्द्रीय अस्पताल भनिए पनि एकाडेमिक र विशिष्ठिकृत सेवाका लागि संघीय सरकारबाट पर्याप्त सहयोग नभएको उनको गुनासो छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले सरकारले क्षमता नै नहेरी बीमा गराउँदा भरतपुर अस्पतालमा सेवाग्राहीको भीड बढेको बताए । उनले बीमा कार्यक्रम नै असफल हुने खतरा रहेको बताउँदै अनावश्यक रुपमा होलबडी चेकअप, रिफर र औषधिका लागि मात्रै पनि ठूलो संख्यामा बिमा गरेकाहरु आउने गरेको बताए ।
कार्यक्रममा महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले स्वास्थ्य परीक्षण कार्यक्रमलाई वार्षिक रुपमा नियमित क्यालेन्ण्डरमा राखेर लैजानुपर्ने बताए । नेपाल औषधि व्यवसायी संघ चितवन शाखाले औषधि निःशुल्करुपमा वितरण गरेको थियो। संघका अध्यक्ष ईश्वरकुमार भण्डारीले आफूहरुसँग उपलब्ध औषधि निःशुल्क रुपमा वितरण गरेको बताए ।
- ADVERTISEMENT -

चितवनका पत्रकार महासंघद्वारा १६६ पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












