नेकपा एसले भरतपुरका पाँच वडामा दाबी गर्ने
चितवन । सत्ता गठबन्धनका पाँच दलले एक भएर स्थानीय तह निर्वाचनमा जाने निर्णय गरेका छन् । गठबन्धनका पाँच दलले सोमबार जिल्ला स्तरीय संयन्त्रको बैठक बसी उक्त निर्णय गरेको हो । योसँगै चितवनमा चुनावी सरगर्मी बढेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लीले सबै पालिकामा तालमेल गर्ने निर्णय गरेपछि केन्द्रको निर्णय अनुसार चुनावमा जाने बताए । उनले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
उपाध्यक्ष लब्लीले महानगरको उम्मेदवार केन्द्रबाटै टुंगिने र अन्य नगरपालिका, गाउँपालिकामा चाँडै अर्को बेठक बसेर भागवण्डा गर्ने जानकारी दिए । तर भरतपुर महानगरमा भने कम्तीमा पाँच वटा वडामा आफ्नो पार्टीको दाबी रहने बताए ।
हाल महानगरका पाँच वडाका वडाअध्यक्ष समाजबादी पार्टीमा रहेकाले पाँच वडा आफ्नो पार्टीले पाउनु पर्ने उनले दाबी गरे । वडा नम्बर ७,९,१०,१२ र २२ का वडा अध्यक्षहरु समाजबादीका हुन ।
केन्द्रको निर्देशन अनुसारनै चितवनमा पनि सोमबार नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बैठक बसेर सात वटै स्थानीय तहदेखि जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय भएको उनले बताए ।
कुन स्थानीय तहमा कुन दलको बलियो पकड छ सोही अनुसार भागवण्डा मिलाउने गरी पाँच दलबाट एक–एक जना प्रतिनिधि रहनेगरी एक कार्यदल समेत गठन भएको छ ।
समाजवादीले चितवनका तीन स्थानीय तह रत्ननगर, राप्ती र माडीमा पकड बलियो भएको बताउँदै आएको छ । चैत मसान्तसम्म सबै पार्टीबाट उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारप्रसारमा लाग्ने उनको दाबी थियो ।
सत्ता गठनबन्धनका पाँच दल एक भएर निर्वाचन जाने निर्णय
April 4, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
