चितवन / नेपाल पत्रकार महासंघ चितवनले पत्रकारहरुसँग स्थानीय तह निर्वाचनसम्बन्धी अन्तक्र्रिया गरेको छ । महासंघको आयोजनामा स्थानीय तह निर्वाचनसम्बन्धी पत्रकारहरुले पालना गर्नुपर्ने आचारसंहिताबारे बिहीबार अन्तक्र्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले सत्यतथ्य समाचार लेख्न पत्रकारलाई आग्रह गरे । पत्रकार कुनै प्रलोभनन नपरी, सत्यतथ्य समाचार लेखनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
पत्रकारको आचारसंहिता नै नैतिकताको मुख्य आधार भएकोले आत्मसाथ गर्नुपर्ने उनले जिकिर गरे । आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही, दण्ड, जरिवानाको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विधानमा नभएको व्यवस्था टेकेर राजनीतिमा लाग्ने पत्रकारलाई कारबाही हुने बताए । उनले पत्रकार महासंघमा शुद्धिकरण र विधानमा जुन प्रावधान छन् त्यसलाई स्पष्ट बनाउनुपर्नेे बेला आएको बताए ।
चितवन निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीले आचारसंहिता उलंघन गर्ने कुनै पनि दललाई २५ हजार देखि एक लाख सम्मको जरिवानाको व्यवस्था रहेको जानकारी दिए ।
पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासंघ आचारसंहिता कार्यान्वयन गर्दै पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउन लागिरहेको बताए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले दलीय पार्टी र संगठनलाई प्रोत्साहन हुने पत्रकारले गर्न नहुने बताए । आचारसंहिता उल्लंघनका उजुरी पर्दै आएकाले पत्रकारले मर्यादाभित्र रहेर पत्रकारिता गर्न आग्रह गरे ।
प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक अचार्यले पत्रकारिताको आधारभूत मूल्य मान्यता विपरित जाने पत्रकारहरुलाई संगठनले छुट नदिने बताए ।
यस्तै नारायणी अनलाइनका समाचार सम्पादक मधुसूदन दवाडीले पत्रकारले पत्रकार आचारसंहिता–२०७३ पालना गरे निर्वाचन आचारसंहिता पालनाको आवश्यक्ता नरहेको जिकिर गरे । पत्रकारलाई मतदानको अधिकार छ तर खुलेर राजनीतिक दलको प्रचारप्रसार गर्ने अधिकार नभएको उनको भनाइ थियो ।
कार्यक्रममा कान्तिपुर दैनिकका संवाददाता रमेशकुमार पौडेल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीकी केन्द्रीय सदस्य प्रतिमा सिलवाल र क्रान्तिकारी प्रेस संगठनका पत्रकार प्रेम कँडेलले आचारसंहिताको बारेमा टिप्पणी गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका पत्रकारहरुसँग स्थानीय तह निर्वाचनसम्बन्धी अन्तरक्रिया

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88












