चितवन / नेपाल पत्रकार महासंघ चितवनले पत्रकारहरुसँग स्थानीय तह निर्वाचनसम्बन्धी अन्तक्र्रिया गरेको छ । महासंघको आयोजनामा स्थानीय तह निर्वाचनसम्बन्धी पत्रकारहरुले पालना गर्नुपर्ने आचारसंहिताबारे बिहीबार अन्तक्र्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले सत्यतथ्य समाचार लेख्न पत्रकारलाई आग्रह गरे । पत्रकार कुनै प्रलोभनन नपरी, सत्यतथ्य समाचार लेखनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
पत्रकारको आचारसंहिता नै नैतिकताको मुख्य आधार भएकोले आत्मसाथ गर्नुपर्ने उनले जिकिर गरे । आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही, दण्ड, जरिवानाको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विधानमा नभएको व्यवस्था टेकेर राजनीतिमा लाग्ने पत्रकारलाई कारबाही हुने बताए । उनले पत्रकार महासंघमा शुद्धिकरण र विधानमा जुन प्रावधान छन् त्यसलाई स्पष्ट बनाउनुपर्नेे बेला आएको बताए ।
चितवन निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीले आचारसंहिता उलंघन गर्ने कुनै पनि दललाई २५ हजार देखि एक लाख सम्मको जरिवानाको व्यवस्था रहेको जानकारी दिए ।
पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासंघ आचारसंहिता कार्यान्वयन गर्दै पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउन लागिरहेको बताए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले दलीय पार्टी र संगठनलाई प्रोत्साहन हुने पत्रकारले गर्न नहुने बताए । आचारसंहिता उल्लंघनका उजुरी पर्दै आएकाले पत्रकारले मर्यादाभित्र रहेर पत्रकारिता गर्न आग्रह गरे ।
प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक अचार्यले पत्रकारिताको आधारभूत मूल्य मान्यता विपरित जाने पत्रकारहरुलाई संगठनले छुट नदिने बताए ।
यस्तै नारायणी अनलाइनका समाचार सम्पादक मधुसूदन दवाडीले पत्रकारले पत्रकार आचारसंहिता–२०७३ पालना गरे निर्वाचन आचारसंहिता पालनाको आवश्यक्ता नरहेको जिकिर गरे । पत्रकारलाई मतदानको अधिकार छ तर खुलेर राजनीतिक दलको प्रचारप्रसार गर्ने अधिकार नभएको उनको भनाइ थियो ।
कार्यक्रममा कान्तिपुर दैनिकका संवाददाता रमेशकुमार पौडेल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीकी केन्द्रीय सदस्य प्रतिमा सिलवाल र क्रान्तिकारी प्रेस संगठनका पत्रकार प्रेम कँडेलले आचारसंहिताको बारेमा टिप्पणी गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका पत्रकारहरुसँग स्थानीय तह निर्वाचनसम्बन्धी अन्तरक्रिया

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











