मकवानपुर / भीमफेदी गाउँपालिका वडा नं. ५ का उमेदवार दिपक पुडासैनीले आफ्नो समर्थन पाँच पार्टी गठबन्धनलाई रहेको घोषणा गरेको छ । गाउँपालिकामा वडाअध्यक्षको स्वतन्त्र उमेदवारी दिएका पुडासैनीले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो समर्थन पाँच पार्टी गठबन्धनलाई रहेको जनाएको हो । यससँगै उनी स्वतन्त्र उमेदवारीबाट निष्क्रिय भएका छन् ।
पुडासैनीले निर्वाचन आयोगबाट प्राप्त गर्ने चुनाव चिन्ह आँप पाइसकेका थिए भने ‘हातहातमा मल र विउ साथसाथमा प्राविधिक, खातामा कृषि लोन र अनुदान, समृद्ध किसान नै मेरो सपना’ भन्ने नाराका साथ आफ्नो उमेदवारी दिएका थिए । उनी एक व्यावसायिक किसान समेत हुन् ।
उनका अनुसार भीमफेदी गाउँपालिकामा चुनाव जितेर गएका जनप्रतिनिधिले पर्यटन तथा कृषिको क्षेत्रमा खासै केही गर्न सकेको छैन । पालिकाको विकासको लागि विभिन्न सुझावसहित योजना दिँदा पनि कुनै सम्बोधन नगरिएको, कृषकलाई तुच्छ व्यवहार गरिएको र कृषि हितको विपरीत काम भएको उनको गुनासो छ ।
एमाले पाटीले किसान र जनताको हित प्रबर्द्धन गर्न नसक्ने र किसानलाई मान्छे नै नठान्ने भएकोले नै बाध्य भएर स्वतन्त्र उमेदवारी दिएको जिकिर गरेका छन् ।
गठबन्धनले गरेको सकरात्मक सुझाव र कृषि पर्यटनको योजनालाई जिल्ला तहदेखि पालिका तहसम्मका लिखित सहमति गरेको उनले जनाएको छ । किसान हितको लागि सहयोग गर्ने सहमतिसँगै भीमफेदीका आम जनसमुदायलाई गठबन्धनका भीमफेदी गाउँपालिका अध्यक्ष लगायतका उमेदवारलाई भोट हाल्न उनले आह्वान गरेका छन् ।
स्वतन्त्र उमेदवारका पुडासैनी गठबन्धनको समर्थनमा
May 7, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
